शुक्रबार, माघ २३, २०८२

एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी बने सन्दीप 

युएईविरुद्धको खेलमा नेपाललाई विजयी गराएर एसिया कप छनोटमा पुर्‍याउन सन्दीपको भूमिका महत्त्वपूर्ण।    
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रमुख बलर सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

National life

युएईविरुद्धको खेलमा नेपाललाई विजयी गराएर एसिया कप छनोटमा पुर्‍याउन सन्दीपको भूमिका महत्त्वपूर्ण रह्यो।   कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेलिएको खेलमा सन्दीपले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिए। उनले ब्याटिङतर्फ ४२ रन बनाए। 
युएईका विकेटकिपर वृत्य अरविन्द प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए। उनले प्रतियोगितामा ६ खेलमा २ शतक र १ अर्धशतकसहित ४५४ रन बनाए। उत्कृष्ट बलर घोषित भएका ओमानका तीव्र गतिका बलर बिलाल खानले ६ खेलमा १७ विकेट लिए।

आज नेपालले फाइनलमा युएईलाई ७ विकेटले हराउँदै आगामी सेप्टेम्बरमा हुने एसिया कपको यात्रा तय गरेको छ। पाकिस्तानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित भारत र पाकिस्तान छन्।

यस्तै, समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तानले स्पर्धा गर्नेछन्। भारत र पाकिस्तानबीचको बेमेलका कारण प्रतियोगिता हुनेमा भन्ने हालसम्म अन्योल छ।

प्रकाशित: May 02, 2023| 13:06 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्