शुक्रबार, माघ २३, २०८२

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

नेपाली क्रिकेट टोलीलाई शुभकामना तथा बधाइ दिँदै यूएईविरुद्ध शानदार जित निकालेकामा खुसी लागेको प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्।

National life

प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टोलीलाई शुभकामना तथा बधाइ दिँदै यूएईविरुद्ध शानदार जित निकालेकामा खुसी लागेको बताएका छन्।

एसीसी प्रिमियर कप जित्नु अर्को ठूलो सफलता भएको भन्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकामा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।’ प्रधानमन्त्री प्रचण्डले विजेता खेलाडीलाई सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भनेका छन्, ‘देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

गुल्सन झाको अर्धशतककै कारण नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार सकिएको फाइनलमा नेपालले यूएईविरुद्ध शानदार जित निकालेको हो।

Laxmi sunrise bank

टस हारेर ब्याटिङ थालेको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउनुअघि ११७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३०.३ ओभरमा मात्रै ३ विकेट गुमाएर ११८ रनसहित लक्ष्य पूरा गर्दै एसिया कपमा छनोट भएको हो।

प्रकाशित: May 02, 2023| 12:12 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्