बिहीबार, असार ५, २०८२

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको छ।
 |  मंगलबार, वैशाख १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

vianetvianet

काठमाडौं- एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको छ।

फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको हो।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो। नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे।

२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहर"ले नेपाललाई जितसम्म पुर्‍याएका हुन्। गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक बनाएका छन्।

यसअघि आयान खानको बलमा आसिफ शेख आठ रन बनाएर आउट भएका थिए।  ओपनर कुशल भुर्तेल एक रनमा आउट भएका थिए। 

रोहन मुस्तफाको बलमा कप्तान रोहितकुमार पौडेल शुन्य रनमा आउट भएका थिए।

प्रकाशित: May 02, 2023| 11:49 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्