शुक्रबार, माघ २३, २०८२

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको छ।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको छ।

National life

फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको हो।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो। नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे।

२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहर"ले नेपाललाई जितसम्म पुर्‍याएका हुन्। गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक बनाएका छन्।

यसअघि आयान खानको बलमा आसिफ शेख आठ रन बनाएर आउट भएका थिए।  ओपनर कुशल भुर्तेल एक रनमा आउट भएका थिए। 

Laxmi sunrise bank

रोहन मुस्तफाको बलमा कप्तान रोहितकुमार पौडेल शुन्य रनमा आउट भएका थिए।

प्रकाशित: May 02, 2023| 11:49 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्