शुक्रबार, माघ २३, २०८२

नेपाल र यूएईबीचको बाँकी खेल बिहान ९ बजेदेखि

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचको फाइनल खेल आज पुनः हुँदैछ। एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिएपछि आज बाँकी खेल हुन लागेको हो ।

National life

आज बिहान ९ बजेबाट युएईले १०६-९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिएको थियो।

आज पनि हिजोको झैं वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

तर, वर्षाका कारण सुपर ओभर पनि हुन नसकेको खण्डमा भने नेपालले जित हासिल गर्नेछ। वरियताको आधारमा युएईभन्दा अगाडि रहेकाले नेपाल स्वतः एसियाकपमा छनोट हुनेछ।

आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९ औँ स्थानमा रहेका छन्।

Laxmi sunrise bank

प्रकाशित: May 02, 2023| 06:41 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्