शुक्रबार, माघ २३, २०८२

यु-१६ राष्ट्रिय क्रिकेट : कोशी प्रदेश च्याम्पियन

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- कोशी प्रदेश धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’को च्याम्पियन बनेको छ।

National life

स्थानीय फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ३५ रनले पराजित गर्दै कोशी प्रतियोगिताको च्याम्पियन बनेको हो। प्रतियोगिताको विजेता बनेसँगै कोशी प्रदेशले ट्रफी र रु दुई लाख प्राप्त गरेको छ। उपविजेता बनेको बागमती प्रदेशले ट्रफीसहित रु एक लाख प्राप्त गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले वर्षाका कारण घटाइएको २५ ओभरको खेलमा सात विकेट क्षतिमा एक सय ७१ रन बनाएको थियो।

कोशीका लागि एलिस मण्डलले अर्धशतकीय पारी खेल्दै ५३ रन बनाए। यस्तै, सिंवाश बजगाईंले अविजित ३० रन, दीपु भुजेलले २१ रन र आशिक मगरले २० रन बनाए। बागमतीका लागि सुप्रिम हाडा, सार्थक धिताल र अथर्व पौडेलले दुई/दुई विकेट लिए।

प्रतिउत्तरमा बागमती प्रदेशले २४ दशमलव चार ओभरमा सबै विकेट क्षतिमा एक सय ३६ रन मात्रै बनाउन सकेको थियो। उसका लागि सार्थक धितालले ३३ रन, सुर्यांश कोइराला र रोशन विकले २३/२३ रन बनाएका थिए। कोशीका लागि रबिन मण्डलले तीन विकेट, सौजन घिमिरे र प्रतीक पोखरेलले दुईरदुई विकेट लिए। फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित कोशी प्रदेशका एलिस मण्डलले रु दुई हजार प्राप्त गरे।

Laxmi sunrise bank

उत्कृष्ट प्रदर्शन गरेका बागमती प्रदेशका रोशन विक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए। उनी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानसमेत भए। उनले सर्वोकृष्ट खेलाडी भएबापत रु १५ हजार प्राप्त गरे। चार खेल खेलेका उनले एक सय छ बलमा एक सय ४६ रन बनाए। यस्तै, १९ ओभर बलिङ गरेका उनले एक मेडनसहित ९४ रन दिएर चार विकेट लिएका थिए।

कोशी प्रदेशका कृतिक कामत उत्कृष्ट बलर भए। उनले नगद १० हजार प्राप्त गरे। तीन खेल खेलेका उनले १७ ओभर बलिङ गर्दै एक मेडनसहित ७२ रन दिएर १० विकेट लिएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २४ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर १४ सदस्यीय नेपाली यु–१६ टोली तयार गर्न लागिएको जनाइएको छ।

नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको ‘इस्ट जोन कप क्रिकेट प्रतियोगिता’लाई मध्यनजर गर्दै यो प्रतियोगिता गरिएको हो। एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ।

प्रकाशित: May 01, 2023| 22:03 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्