शनिबार, असार १३, २०८३

वर्षाले अवरुद्ध नेपाल–युएईबीचको फाइनल खेल मंगलबार हुँदै

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा पानी ओइरिएपछि खेल रोकिएको हो।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं– एसिसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल–युएईबीचको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएसँगै मंगलबार खेलाइने भएको छ। 

National life

आज नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा पानी ओइरिएपछि रोकिएको थियो। स्थगित खेल आजकै अंक गणनाअनुसार खेलाइनेछ।

भोलि आजकै स्थितिबाट युएईको (१०६/९/२७.३ ओभर) ब्याटिङ सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले बताए।

भोलि पनि वर्षाले खेल अवरुद्ध गरे ओभर घटाइनेछ। सुपर ओभर पनि सम्भव नभए वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थामा अपराजित नेपाल प्रतियोगिताको च्याम्पियन बनेर एसिया कपमा छनोट हुनेछ।

आजको खेलमा युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। नेपालका लागि सन्दीप लामिछानले सातौं विकेट लिए। नेपालका लागि ललितले ३ विकेट लिए।

Shivam cement

प्रकाशित: May 01, 2023| 16:08 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्