काठमाडौं- भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज राति नेपाल वायुसेवा निगमको जहाजबाट स्वदेश फर्किएका छन्।
स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते निजी एयरलाइन्सको जहाज चार्टर गरेर भारत गएका राष्ट्रपति राष्ट्रिय ध्वजावाहकको नियमित उडानबाट फर्किएका हुन्।
वैशाख ५ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका पौडेललाई भोलिपल्टै भारत लगेर एम्समा भर्ना गरिएको थियो।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी आज नै अस्पतालबाट डिस्चार्ज भएका छन्। उपचारमा संलग्न चिकित्सकले अझै केही हप्ता आराम गर्न सुझाव दिएका छन्।