बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्रीसँगको भेटपछि लघुवित्त पीडितको आमरण अनशन स्थगित

प्रधानमन्त्रीसँगको भेटपछि लघुवित्त पीडितको आमरण अनशन स्थगित

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनशन स्थगित गरेका छन्।

अधिकारीले आफूहरूको माग सम्बोधन नभए आइतवार साँझ ६ बजेदेखि वसन्तपुरमा आमरण अनशन बस्ने चेतावनी दिएका थिए।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनशन स्थगित भएको हो। ​

लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली (मनिराम) र ६ वटा किसान सङ्गठन सञ्जालका सदस्यबीच आज छलफल भएको थियो।
आज बिहान सङ्घर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई उनको निवास बालुवाटारमा भेटेका थिए। भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र सङ्घर्ष समितिका मागहरूको अध्ययन गरी छलफल अगाडि बढाउने बारे आजै सरकारी प्रतिनिधि तोक्ने बताएका थिए।

प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरूको सङ्घर्षको कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिए।

प्रकाशित: Apr 30, 2023| 21:23 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्