बिहीबार, भदौ ४, २०८३

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते 

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

रोल्पा- रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए।

तुलसीपुरदेखि रोल्पाको गङ्गादेव गाउँपालिका–६ ताप्लातर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल क्याप जीप आज बेलुकी १६:३० बजेको समयमा रोल्पाको गङ्गादेव गाउँपालिका–२ हेलुमखोलास्थित दुर्घटना भएको प्रहरीले जनाएको छ।

जीप ओरालो कच्ची बाटोमा अचानक ब्रेक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए।

जीपमा सवार चालकसहित १० जनामध्ये नौ घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित: Apr 30, 2023| 21:19 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्