बिहीबार, भदौ ४, २०८३

सर्पको टोकाइबाट बैतडीमा एक महिलाको ज्यान गयो 

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

बैतडी- बैतडीमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ।

पञ्चेश्वर गाउँपालिका-२ डाँगा टोलकी २६ वर्षीया निर्मला लुहारको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। 

शनिबार राती गोठमा चौपायालाई घाँस हाल्न गएकी लुहारलाई सर्पले टोकेको र लुहारलाई स्थानीय वैद्यकहाँ लगिएको थियो। वैद्यकहाँ झारफुककै क्रममा ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक लुहारको शव पोस्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 30, 2023| 19:21 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्