बिहीबार, भदौ ४, २०८३

गुल्मीमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

गुल्मी- गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ। बिहीबार एक महिलाको लडेर मृत्यु भएको हो। 

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलोलुम्पके निवासी गीता सुनारको भीरबाट लडेर मृत्यु भएको हो।

घर नजिकैको कुडादी भन्ने स्थानमा घाँस काट्न गएकी ३५ वर्षीया सुनार भीरबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

प्रकाशित: Apr 28, 2023| 08:50 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्