बिहीबार, भदौ ४, २०८३

आज कस्तो रहला देशभरको मौसम?

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं– हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसले गर्दा पहाडी भूभागको मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

अपराह्नपछि हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। यस्तै राति देशका पहाडी भूभागमा आंशिक बदली भई एक–दुई स्थानमा वर्षा हुने सम्भावना छ।

मेघगर्जन र चट्याङसहित वर्षा हुने र हावाहुरीसमेत चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Apr 28, 2023| 07:21 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्