बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षति विवरण संकलन हुँदै

बाजुरा केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षति विवरण संकलन हुँदै

बाजुरामा गएराति भूकम्पको धक्का महसूस गरिएको छ।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

बाजुरा- बाजुरामा गएराति भूकम्पको धक्का महसूस गरिएको छ।

मध्यराति दुई पटक भूकम्प गएको हो। राति ११:५८ बजे ४.९ म्याग्निच्युडको र राति १:३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका अन्य जिल्ला तथा अन्य जिल्लामा पनि महसूस गरिएको थियो। भूकम्पले क्षति पुर्‍याएको बारे एकिन हुन सकेको छैन। सुचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ म्याग्निच्युड र १४ गते ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको थियो।


 

प्रकाशित: Apr 28, 2023| 06:30 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्