बिहीबार, भदौ ४, २०८३

काठमाडौं महानगरको शिक्षा विभागमा विद्यार्थी संगठनको ताला

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा विद्यार्थी संगठनले तालाबन्दी गरेको छ। कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले विभागमा ताल लगाएको हो।

महानगरले दलका भातृ संगठनलाई विद्यालय परिसरमा कार्यक्रम गर्न नदिने घोषणा गरेपछि उक्त निर्णयको विरोध गर्दै विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो।

महानगरपालिकाले बुधबार सूचना जारी गर्दै महानगरका सामुदायिक विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनका कार्यक्रम हुने गरेको जानकारी प्राप्त भएको जनाउँदै उक्त सूचना पुष्टि भए सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने जनाएको थियो। 

प्रकाशित: Apr 28, 2023| 06:10 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्