बिहीबार, भदौ ४, २०८३

धौलागिरि आधार शिविरमा बेपत्ता राई मृत फेला

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

धौलागिरी आधार शिविरमा गत शुक्रबारदेखि बेपत्ता पर्यटक ट्रेकिङ भरियाको शव ५ दिनपछि फेला परेको छ।

धौलागिरी बेसक्याम्पको स्वीस क्याम्पमाथि झन्डै ५ हजार मिटर उचाइको जापानी बेसक्याम्प नजिक ट्रेकिङ भरियाको शव भेटिएको हो।

सेभेन समिट ट्रेकमार्फत विदेशी पर्यटकको ट्रेकिङ कम्पनीको भारी धौलागिरी बेस क्याम्प पुर्‍याएर फर्किने क्रममा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका-१ नुथला निवासी २० वर्षीय अमृत राई हिमपहिरोमा परी बेपत्ता भएका थिए।

भरिया टोली सदस्यमा बेपत्ता धिरज राई र अर्जुन राई भने दोश्रो दिन शुक्रबार नै सेभेन समिट ट्रेकिङ कम्पनीको सम्पर्कमा आएका थिए।
 

प्रकाशित: Apr 25, 2023| 13:39 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्