काठमाडौं- काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित प्रहरीको बिट हटाएको छ।
महानगरपालिकाले मंगलबार काठमाडौंको भ्युटावरनजिक रहेको पुरानो बसपार्कस्थित सडकपेटीको प्रहरी बिट हटाएको हो। महानगरपालिकाले सडकपेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो।
पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ।