बिहीबार, भदौ ४, २०८३

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ।

कैलालीको गोदावरी नगरपालिका-१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय चन्दु महतालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला परी पक्राउ गरेको हो। साथै गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिकबाट सोही ठाउँ बस्ने २० वर्षीय मदन चन्द समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सोही नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश पाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। 

कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ क्याम्प बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका-१ लक्ष्मीटोल बस्ने २३ वर्षीय पदम भट्ट र भिमदत्त नगरपालिका-४ भगतपुर बस्ने ३३ वर्षीय सुरेन्द्र थापा रहेका छन्। 

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको सु.प.प्र.०२००३ प ६१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका-७ हल्दुखालस्थित सडक छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५६ मिलिग्रामसहित सोही ठउँ बस्ने २८ वर्षीय हरीश भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 25, 2023| 12:57 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्