बिहीबार, भदौ ४, २०८३

आज सुनचाँदीको मूल्य कति?

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

प्रकाशित: Apr 25, 2023| 12:29 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्