बिहीबार, भदौ ४, २०८३

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने प्रहरी हिरासतमा

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-३ पुछारबजार घर भई काठमाडौं टोखा नगरपालिका-६ बानियाँटार बस्ने ३८ वर्षीय हरिजंग गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-३ पुछारबजार घर भई काठमाडौं टोखा नगरपालिका-६ बानियाँटार बस्ने ३८ वर्षीय हरिजंग गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 

वैदेशिक रोजगारीको लागि न्यूजिल्याड पठाई प्रतिष्ठित होटलमा १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा  ५ लाख ६ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा बानियाँटारबाट पक्राउ गरेको हो। 

उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।  

प्रकाशित: Apr 25, 2023| 12:04 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्