बिहीबार, भदौ ४, २०८३

धनुषा र महोत्तरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

धनुषा र महोत्तरीबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- धनुषा र महोत्तरीबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट एक हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको जनाएको छ। साथै प्रहरीले उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ। 

यस्तै महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित दसगजा नजिकबाट एक हजारको दरको १ थान नक्कली नोटसहित धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 25, 2023| 11:59 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्