बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कालिदमारमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, दुई घाइते

कालिदमारमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, दुई घाइते

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

मकवानपुर- मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति  मधेस प्रदेश०३–००१त ७१८८  नंको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

दुर्घटनामा  मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए। 

उनका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन्। घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिनुभयो।

प्रकाशित: Apr 25, 2023| 07:56 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्