बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • टर्‍यो ठूलो दुर्घटना, इन्जिनमा आगो लागेको जहाज गन्तव्यतिरै लाग्यो

टर्‍यो ठूलो दुर्घटना, इन्जिनमा आगो लागेको जहाज गन्तव्यतिरै लाग्यो

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- त्रिभुवन विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो देखिएको फ्लाई दुबईको जहाजले दुबईको उडानलाई नै निरन्तरता दिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेका हुन्। विमानले धादिङ धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रणमा लिएको हो।

चालकले काठमाडौं टावरका एटीसीलाई खबर दिएपछि विमानस्थलको धावनमार्ग खोलिएको थियो। त्यसैगरी आगो नियन्त्रण गर्न विमानस्थलमा ५ वटा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए। 

प्रकाशित: Apr 24, 2023| 22:31 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्