बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिभुवन विमानस्थलबाट उडेको फ्लाई दुबई जहाजको इन्जिनमा आगलागी

त्रिभुवन विमानस्थलबाट उडेको फ्लाई दुबई जहाजको इन्जिनमा आगलागी

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ।

एउटा इन्जिनमा आगो लागेपछि जहाज आकस्मिक अवतरण गराउन लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कोटेश्वर क्षेत्रका स्थानीयका अनुसार आगोको मुस्लोसँगै ठूलो आवाज पनि आएको थियो।

त्रिभुवन विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुण यन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ।

उक्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो। जहाजमा १६२ जना यात्रु रहेको बताइएको छ।

विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई जानकारी गराएका छन्। 


 

प्रकाशित: Apr 24, 2023| 21:43 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्