काठमाडौं- कालीकोटमा १४ वर्षीया बालिका बलात्कारको आरोपमा तिलागुफा-१० रानावाडाका ७० वर्षीय खाम्मा राना पक्राउ परेका छन् ।
सुस्त मनस्थिति भएकी बालिका फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाका बुबाको जाहेरीका आधारमा रानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बालिकाको पेटमा दुई महिनाको गर्भ रहेको समेत आशंका गरिएको छ।
बलात्कारको मुद्दा गाउँमा मिलाउने कुरा भए पनि बालिकाको बुवाले नमानेपछि कुरा बाहिर आएपछि चिल्खाया प्रहरी चौकीले आरोपितलाई पक्राउ गरेको हो।
बालिका र आरोपितको मेडिकल हुन ढिलाई भएकाले सोमबार मुद्दा दर्ता हुन सकेन। जिल्ला अस्पतालमा मेडिकल गरेपछि मंगलबार मुद्दा दर्ता हुने कालीकोट प्रहरी कार्यालयले जनाएको छ।