काठमाडौं- सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको छ।
सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन आदेश दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो।
मेयर बालेन शाहले फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन।