बिहीबार, भदौ ४, २०८३

वर्षासँगैको चट्याङ लागेर सिन्धुलीमा तीन जना घाइते

अविरल वर्षासँगै परेको चट्याङ लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिकामा तीन जना घाइते भएका छन्। 
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- अविरल वर्षासँगै परेको चट्याङ लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिकामा तीन जना घाइते भएका छन्। 

गोलन्जोर गाउँपालिका–३ ओख्लेस्थित ५८ वर्षीया दुर्गाकुमारी भुजेलको घरमा चट्याङ परेको प्रहरीले ज नाएको छ।

चट्याङ लागेर घाइते हुनेमा दुर्गा कुमारी भुजेल, उनकी बुहारी २८ वर्षीया हिराकुमारी भुजेल र ८ वर्षीय निकेश भुजेल रहेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

दुर्गा कुमारीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। हिराकुमारी र निकेश उपचार पछि घर फर्केका छन्। घर बाहिर राखिएको बिजुलीको मिटर बक्समा चट्याङ परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 24, 2023| 13:28 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्