तनहुँ- तनहुँ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. स्वर्णिम वाग्लेले पाँच हजार मतान्तरको अग्रता कायम गरेका छन्।
पछिल्लो गणनाअनुसार उनी १० हजार २५९ मतसहित लिड गरिरहेका छन्। डा. वाग्लेले १० हजार मत कटाउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले पाँच हजार तीन मत पाए।
नेकपा (एमाले)का उमेदवार सवेन्द्र खनाल दुई हजार ७९७ मतसहित तेस्रो स्थानमै छन्।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा आइतबार भएको मतदानमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।