बिहीबार, भदौ ४, २०८३

नुवाकोटमा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

साथीले बोकेको बन्दा पड्कँदा एक जनाको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

नुवाकोट-  साथीले बोकेको बन्दा पड्कँदा एक जनाको मृत्यु भएको छ।

नुवाकोटको किम्ताङ जंगलमा साथीले बोकेको भरुवा बन्दुक पड्केर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो।

प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउँपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो।

उनका अनुसार अनुसार किम्ताङको जंगलमा सिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

यद्यपि, घटना शंकास्पद भएको भन्दै अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

प्रकाशित: Apr 24, 2023| 09:35 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्