शनिबार, भदौ ६, २०८३

बर्थडे पार्टीमा गोली चल्दा चार किशोरको ज्यान गयो

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

अमेरिकाको अलबामा राज्यमा भएको गोलीबारीमा चार जनाको ज्यान गएको छ।

स्थानीय मिडियाका अनुसार गोलीबारीको यो घटना अलबामाको ड्याडविले सहरस्थित एक बर्थडे पार्टीमा स्थानीय समयअनुसार शनिबार राति साढे १० बजे भएको हो। प्रहरीका अनुसार मारिने अधिकांश हाइ स्कुलमा पढ्ने किशोरहरु छन्। घटना भएको शहर अलबामाको सानो शहर हो जहाँको जनसंख्या करिब ३२ सयमात्र छ।

अमेरिकामा यस्तो गोलीकाण्ड भइरहन्छ। शनिबार नै केन्टुकी राज्यको लुइसविलेस्थित एक पार्कमा गोली चल्दा दुई जनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए।

प्रकाशित: Apr 17, 2023| 05:43 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्