शनिबार, भदौ ६, २०८३

मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, १८ घाइते

 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

मोरङ- मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।

रंगेली नगरपालिकाको आमतोलामा आज दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

आमतोला–तेतरियाको भित्री सडकखण्डमा प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

घाइतेहरूको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर चालक ग्रामथानका करिब ३१ वर्षीय बालक माझी फरार भएका छन्।

प्रकाशित: Apr 15, 2023| 17:54 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्