शनिबार, असार १३, २०८३

मेलम्चीमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन्। आज मेलम्चीमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिए।

National life

मेलम्ची पुनःनिर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। व्यक्तिगत लगानीमा सर्वाधिक धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुनलागेको यो प्रतियोगिता जिल्लाकै पहिलो भएको आयोजक श्रेष्ठले दाबी गरे।

सिन्धुपाल्चोकको मेलम्चीमा जन्मेका श्रेष्ठ हाल अमेरिका छन्। यस वर्ष भलिबलबाट सुरु हुने यस प्रतियोगिता आगामी वर्षहरूमा निरन्तरता दिने राम श्रेष्ठले प्रतिबद्धता जनाएका आयोजक समितिका श्रेष्ठले जानकारी दिए।

कोरोना, हेलम्बु मेलम्ची बाढीमा राहत तथा उद्धार तथा मेलम्ची पुनःनिर्माणमा सहयोग गर्दै आएका श्रेष्ठले खेलक्षेत्रका माध्यमबाट मेलम्ची बन्दै छ भन्ने सन्देश प्रवाहका लागि सहयोग पुग्ने आयोजकले विश्वास ब्यक्त गरेको छ।

पत्रकार सम्मेलनमा समाजसेवी प्रकाश सापकोटाले खेलको माध्यमबाट मेलम्चीमा पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि भलिबलको आयोजना गर्न लागिएको बताए। उनले यसले गर्दा जिल्लाका खेलाडीमा हौसला मिल्नुका साथै मेलम्चीको प्रचारमा टेवा पुग्ने बताए।
 

Shivam cement

प्रकाशित: Apr 15, 2023| 16:23 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्