शनिबार, भदौ ६, २०८३

सियारी गाउँपालिका अध्यक्षको घर नजिकै कुकर बम फेला

रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर नजिकै कुकर बम फेला परेको छ। 
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

बुटवल- रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर नजिकै कुकर बम फेला परेको छ। 

शनिबार सियारी गाउँपालिका-४ स्थित अध्यक्ष घिमिरेको घर पछाडीको गेट नजिकै कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सिमेन्टको बोराभित्र शंकास्पद बस्तु देखेपछि अध्यक्ष घिमिरेले प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको डीएसपी अर्यालले बताए। तारजडित प्रेसर कुकरमा ‘खतरा’ लेखेर टाँसिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 15, 2023| 13:43 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्