शनिबार, भदौ ६, २०८३

तीन तस्बिरमा बिस्का: जात्राको रौनक

भक्तपुरको मध्यपुर थिमीमा बिस्केट जात्रा हर्षोल्लासका साथ मनाइएको छ।
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- भक्तपुरको मध्यपुर थिमीमा बिस्केट जात्रा हर्षोल्लासका साथ मनाइएको छ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाउने गरिन्छ। जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो।

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन्। यात्रामा एक अर्कामा सौहार्द्धपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ।

 

RG-Bhaktapur-IMG_71571681544305.JPG

RS-KTM-20230415100740_RATL42401681544305.JPG

प्रकाशित: Apr 15, 2023| 13:22 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्