शनिबार, भदौ ६, २०८३

भारतको महाराष्ट्रमा बस दुर्घटना, १३ जनाको मृत्यु 

भारतको महाराष्ट्रस्थित पुरानो पुणे-मुम्बई हाइवेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। 
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- भारतको महाराष्ट्रस्थित पुरानो पुणे-मुम्बई हाइवेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। 

बीबीसी हिन्दीका अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक घाँटीमा खसेको थियो। उद्धार दलका एक कर्मचारीले समाचार एजेन्सी पीटीआईलाई उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको बताएका छन्। 

यसरी मृत्यु हुनेमा महिला र बालबालिका पनि छन्। बसमा ४०-४५ जना यात्रु सवार थिए।  उद्धार दलका अनुसार बसमा फसेका यात्रुहरूलाई निकाल्ने क्रम जारी छ। घाइते यात्रुलाई खोपोली नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Apr 15, 2023| 13:10 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्