शनिबार, भदौ ६, २०८३

अड्किएर मोरङमा एक जनाको मृत्यु

मोरङमा नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु खाँदा अड्किएर एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- मोरङमा नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु खाँदा अड्किएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका-९ का ४८ वर्षीय बेथुलाल माझी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पोलेर खाने क्रममा साँझ करिब ५ बजेतिर मासु अड्किएकोका माझीको उपचारको क्रममा राति करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए।

उनका अनुसार हाल शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ।

प्रकाशित: Apr 15, 2023| 12:27 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्