शनिबार, भदौ ६, २०८३

कस्तो छ वर्षमान पुनकी आमाको स्वास्थ्यवस्था?

प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोलबाट लागेको गोलीबाट घाइते भएकी माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमाको अवस्था सामान्य रहेको छ।
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोलबाट लागेको गोलीबाट घाइते भएकी माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमाको अवस्था सामान्य रहेको छ।

शुक्रबार राति १० बजे बालुवाटारस्थित पुनको निवासमा उनकी आमालाई गोली लागेकोमा अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

पुनकी आमामाथि 'दुर्घटनावस' गोली लागेको र उनको स्वास्थ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: Apr 15, 2023| 11:12 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्