शनिबार, असार १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टी–२० सिरिजमा न्युजिल्याण्डविरुद्ध पाकिस्तानको फराकिलो जित

टी–२० सिरिजमा न्युजिल्याण्डविरुद्ध पाकिस्तानको फराकिलो जित

 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- न्युजिल्याण्डविरुद्धको टी–२० आई सिरिजको पहिलो खेलमा घरेलु टोली पाकिसतानले सानदार जित हासिल गरेको छ। तीव्र गतिका बलर हरिस रौफको उत्कृष्ट बलिङको सहयोगमा पाकिस्तानले पहिलो टि २० आई खेलमा न्युजिल्यान्डलाई ८८ रनले हराएको हो। 

National life

योसँगै पाकिस्तानले पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ। न्युजिल्याण्डले भने सिरिजमा हारबाट सुरुवात गर्‍यो।

गएराति सम्पन्न पहिलो खेलमा पाकिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो। उसका लागि मार्क च्यापम्यानले ३४, कप्तान टम लाथमले २०, जेम्श निसम १५ र डारेल मिचेलले ११ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।   

पाकिस्तानका लागि तीव्र गतिका बलर हरिस रौफले ३.३ ओभरमा १७ रन दिएर सर्वाधिक ४ विकेट लिए। इमाद वासिमले दुई तथा शाहिन शाह अफ्रिदी, जमान खान, फहिम अशरफ र शादब खानले एक/एक विकेट लिए। 

त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियम टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८२ रन बनायो । उसका लागि सैम अयुब र फखार जमानले ४७/४७ रन बनाए । फहिम अशरफले २२, इमाद वसिमले १६ र हरिस रौफले ११ रन जोडे। कप्तान बाबर आजम ९ र उपकपतान मोहम्मद रिजवान भने ८ रनमै आउट भए। 

Shivam cement

न्युजिल्याण्डका लागि म्याट हेनरीले ह्याट्रिक लिए। ४ ओभरमा ३२ रन खर्चेका उनले १३ औँ ओभरको पाँचौं बलमा शादब खान, छैटौं बलमा इफ्तिखर अहमद र १९ औं ओभरको पहिलो बलमा शाहिन शाह अफ्रिदीलाई आउट गर्दै ह्याट्रिक लिएका थिए।

त्यस्तै, एडम मिल्ने, बेन लिस्टरले दुई/दुई, जेम्श नीशम र ईश सोढीले एक/एक विकेट लिए। पाकिस्तान र न्युजिल्याण्डबीचको दोस्रो खेल शनिबार हुँदैछ।

प्रकाशित: Apr 15, 2023| 07:53 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्