शनिबार, भदौ ६, २०८३

लागूऔषधसहित झापाबाट दुई जना प्रहरी नियन्त्रणमा

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

झापा- झापा प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान साढे १० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो।

झापा मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

मेचीनगर नगरपालिका-८ वस्ने २७ वर्षीय अजय मेचे र सोही ठाउँका २८ वर्षीय श्याम बहादुर दर्जीलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन दुई ग्राम फेला परेको प्रहरीले जनाएको छ। उनीहरूलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
 

प्रकाशित: Apr 14, 2023| 13:18 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्