काठमाडौं- नेपाल रत्न पदवीबाट पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला सम्मानित भएका छन्। राष्ट्र गौरवको पदवीबाट राजनीतिज्ञ स्व. जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भएका छन्।
२०८० नयाँ वर्षको वैशाख १ गते बिहान ११ बजे महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजना हुन गइरहेको सुशोभन समारोहमा गुरुङसहित १४ जना प्रसिद्ध प्रबल जनसेवा मानपदवी पदकबाट विभूषित भएका हुन्। संस्कृतिविद् डा. जगमान गुरुङलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित भएका हुन्।
२०७९ असोज ३ गते संविधान दिवसका दिन १४ जना प्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट सम्मानित हुने व्यक्तित्वको नाम सार्वजनिक गरिएको थियो। टङ्कबहादुर मोक्तान, ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा राणा, स्व.भागवत यादव, स्व. मेघराज उपाध्याय, स्व. सरदार भीमबहादुर पाण्डे, सूर्यप्रसाद सुवेदी, स्व. ठाकुरप्रसाद बगाना, स्व. हरिभक्त वली, स्व. प्रभाकरशमसेर जबरा, स्व. काशीप्रसाद श्रीवास्तव र सिगेरु सुगानामी रहेका छन्।
सुकीर्तिमय राष्ट्रदीप पदवीबाट कलाकार निर शाह, कलाकार राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, साहित्यकार गङ्गाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ ‘वैरागी काइला’, गायक नन्दकृष्ण जोशी, व्यवसायी चन्द्र ढकाल, शिक्षासेवी प्रा. भूषण श्रेष्ठ सम्मानित भएका छन्।