काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पुनः कोरोना वार्ड सञ्चालनमा आएको छ।
अस्पताल भर्ना भएका बिरामीहरूमा कोभिड संक्रमण देखिन थालेपछि बिहीबारदेखि छुट्टै वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमले जानकारी दिए।
कोरोना संक्रमणका तीनवटा लहरमा सञ्चालन गरिएका वार्डहरू संक्रमितको संख्या घटेसँगै हटाइएकोमा पुनः सात बेडसहित वार्ड सञ्चालनमा ल्याएको हो।
बिहीबारसम्म अस्पतालमा आईसीयुमा तीनजनासहित सातजना कोरोना संक्रमित भर्ना भएर उपचररत छन्।