शनिबार, भदौ ६, २०८३

 चन्द्र भण्डारीले भने- निको भएर चाँडै फर्किन्छु

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- सांसद एवं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देशमार्फत आफू ठिक हुँदै गएको जनाएका छन्। 

नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले आफू स्वास्थ्य लाभ गरिरहको उल्लेख गरेका छन्। गत फागुन ३ गते राति खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा उनीसहित आमा घाइते भएका थिए।

आमाको फागुन ४ गते निधन भएको थियो भने उनी गम्भीर घाइते भएपछि त्यही दिन उपचारका लागि भारत लगिएको थियो। झण्डै २ महिना लामो उपचारपछि उनी बोल्न र हिड्न सक्ने भएका छन्। उनले आफू उपचार सकेर चाँडै फर्किने पनि जनाएका छन्। 

प्रकाशित: Apr 14, 2023| 12:26 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्