शनिबार, भदौ ६, २०८३

थ्रेसरमा बेरीएर कपिलवस्तुमा एक महिलाको मृत्यु

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- गँहू बालीमा लगाउँदै गरेको थ्रेसरमा बेरीएर कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ। बाणगंगा नगरपालिका- १ बठनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा सोही पालिका वडा नम्बर ४ गजेहडाकी ५० वर्षीया पार्वती नेपालीको मृत्यु भएको हो।

बिहीबार दिउँसो करिब ३ बजे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। लु ४ त ३३७७ नम्बरको ट्र्याक्टर जडित थ्रेसरको पुल्लीमा हात परेपछि नेपालीको मृत्यु प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताए। 

प्रहरीले ट्रयाक्टर चालक राजकुमार थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रकाशित: Apr 14, 2023| 11:38 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्