म्याग्दी- काठमाडौंबाट मुस्ताङको जोमसोमतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ। घोडाघोडी कम्पनीको बा४ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा हुँदा त्यसमा सवार ४ जना यात्रु घाइते भएका छन्।
बेनी-जोमसोम सडकको तिप्ल्याङखण्ड अर्न्तगत अन्नपूर्ण गाउँपालिका, १ मा पर्ने तिप्याङ नजिकै शुक्रबार बिहान करिब ९:४५ बजे सडकबाट तल बारीमा पल्टँदा घाइते भएका ४ जनालाई अन्नपूर्ण गाउँपालिकाको एम्बुलेन्समा उपचारका लागि बेनी अस्पताल पठाइएको तिप्ल्याङ प्रहरी चौकीले जनाएको छ।
प्रहरीका अनुसार साढे १० बजे घाइते लिएर एम्बुलेन्स बेनीतर्फ लागेको र घाइतेहरुको विवरण खुलिसकेको छैन।