शनिबार, भदौ ६, २०८३

९० वर्षमा नागरिकता

डडेल्धुराकी अनिताले ९० वर्षमा नागरिकता प्राप्त गरेकी छन्।
 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

डडेल्धुरा-  डडेल्धुराकी अनिताले ९० वर्षमा नागरिकता प्राप्त गरेकी छन्। जिल्लाको अमरगढी नगरपालिका–३, मरकट्टेकी अनिता विष्ट उमेरले ९० वसन्त काटेपछि नागरिकता पाएकी हुन्। दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त छिन्।

प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोली बिहीबार उनको घरमै पुगेर नागरिकता दिएको हो। नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित थिइन्। नागरिकता पाएसँगै अब उनले सामाजिक भत्तासमेत पाउँदै छन्।

अमरगढी–३ डोटी घटाल क्षेत्रको मरकट्टे गाउँकी ज्येष्ठ नागरिक विष्टको साहारा बुहारी र नातिनी छन्। छोरा रोजगारीको सिलसिलामा भारतमा छन्। पतिको मृत्यु दर्ता र छोरा बुहारीको नागरिकता भएको आधारमा उनलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए। 
 

प्रकाशित: Apr 14, 2023| 10:55 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्