शनिबार, भदौ ६, २०८३

नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा

नयाँ वर्ष २०८० को अवसरमा शुक्रवार बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन्।
 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- नयाँ वर्ष २०८० को अवसरमा शुक्रवार बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन्। नयाँ वर्षका अवसरमा शुक्रवार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। 

पशुपतिनाथको दर्शनका लागि शुक्रवार भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको बताए।

‘पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ,’ उनले भने।  भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाइएको खतिवडाले बताए।

केही वर्षयता नयाँ वर्षमा पशुपतिनाथको दर्शन गर्न  आउने भक्तजनको संख्या उल्लेख्य रूपमा बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो। महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ।
 

प्रकाशित: Apr 14, 2023| 09:30 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्