काठमाडौं- काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम सामान्यतया सफा छ।
दिउँसो पछि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ।
बेलुकीपख पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसमविद् रोजना लामिछानेले जानकारी दिए। उनका अनुसार तत्काल पानी पर्ने सम्भावना भने छैन। पानी नपर्दा गर्मी बढेको छ भने डढेलो, धुवाँधुलोलगायतका कारण वायु प्रदूषण बढेको छ।
यस्तै, आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ। दिउँसो र बेलुकीको समयमा हावाहुरी चल्ने हुँदा त्यस आसपासका क्षेत्रका नागरिका सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।