शनिबार, भदौ ६, २०८३

सुदूरपश्चिममा बिसु पर्व मनाइँदै

सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ।
 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- आज सुदूरपश्चिममा बिसु पर्व भव्यताका साथ मनाइँदै छ। सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ।

बिसु पर्व मनाउनका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरु घर फर्किने गर्छन्। वर्षको अन्तिम दिन घरका सबै सदस्य एकठाउँमा जम्मा भएर ‘वर्ष समीक्षा’ गर्ने तथा मिठो मसिनो खाने गर्छन्। 

वर्षको पहिलो दिन बिहानै स्नान गरी सिस्नो लगाउने गरिन्छ। सिस्नो लगाउँदा शरीरमा भएको विष (विकार बस्तु) नाश हुने र रोगव्याधीबाट मुक्त भइने जनविश्वास छ। 

देवर-भाउजु, नन्द-भाउजु, साली-भिनाजु, फुपु-सालीहरुका बीचमा सिस्नो र पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ।   

बिसुपर्व मनाउने तयारी भने केही दिन अगाडि देखि नै हुने गर्छ। बिसु पर्वको अवसरमा गाउँघरतिरका घरहरू रातो–सेतो माटो (कमेरो)ले पोतेर चिटिक्क पारिन्छ। 

पर्वका अवसरमा आफन्त तथा नातेदारहरुलाई निम्तो दिएर घरमा बोलाउने गरिन्छ। वर्षको अन्तिम दिन राति सेल, पुरी, माडा, निसोस्या लगायत मिष्ठान्न परिकार बनाएर सबै एक ठाउँमा बसेर खाने चलन रहेको छ। 

प्रकाशित: Apr 14, 2023| 07:23 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्