काठमाडौं- सरकारले २०८० सालमा दसैँमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिने भएको छ।
सरकारले राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैंमा कात्तिक ४–९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६–३० गतेसम्म (पाँच दिन) बिदा हुनेछ।
सरकारले सार्वजनिक बिदाको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ।