शुक्रबार, वैशाख २६, २०८२

कहिलेदेखि सुध्रिएला मौसम?

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ।
 |  शनिबार, चैत १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

vianetvianet

काठमाडौं-  जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ। जसले गर्दा देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ।

triton college

अहिले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँ, कोशी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

आज दिउँसो पनि काठमाडौं उपत्यकासहित कोशी, वाग्मती र गण्डकीमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको पनि बताएका छन्।

आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली नै रहनेछ। देशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

National life insurance

आज रातिसम्म मौसम सक्रिय रहे पनि भोलिदेखि भने क्रमिक सुधार हुने अधिकारीले बताए।
 

प्रकाशित: Apr 01, 2023| 08:00 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्