बिहीबार, वैशाख १३, २०८१

गण्डकी र कोशी प्रदेशमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण गण्डकी र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

triton college

अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि बुधबार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा बदली रहनुका साथै पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Mar 28, 2023| 21:21 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्